चन्द्रकोट गाउँपालिकाको ५१ करोड बढी बजेट सार्वजनिक

0 1,777

महेश बोहरा
११ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ५१ करोड बढी बजेट प्रस्तुत गरेको छ । आइतबार पालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले कुलः ५१ करोड ३० लाख ९७ हजार ४५ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये चालू तर्फ ३४ करोड ४९ लाख ५५ हजार १ सय ४३ (६७.२३ प्रतिशत) रहेको छ । त्यस्तै पुँजीगत तर्फ १६ करोड ८१ लाख ४१ हजार ९ सय १ (३२.७७ प्रतिशत) रकम बिनियोजन भएको हो ।
पालिका उपाध्यक्ष भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा छलफल गर्दै गाउँसभाको १३ औ अधिवेशन सकिएको छ ।

ad

लोकप्रिय नीतिका आधारमा बजेट

चन्द्रकोट गाउँपालिकाले लिफ्टिङ्ग खानेपानी समितिको विद्युतको बिलमा २५ प्रतिशत छुट दिने भएको छ । नीति तथा कार्यक्रममा लिफटिङ्ग खानेपानीको महशुल धेरै आउने भएपछि पालिकाले २५ प्रतिशत रकम गाउँपालिकाले भूकतानी गरिदिने नीति बनाएको छ ।

गाउँपालिकाले रैथाने वाली संरक्षणमा विशेष ध्यान दिने भएको छ । पछिल्लो समय हाइबे्रड जातको बीउका कारण स्थानीय रैथाने वाली लोप हुने अवस्थामा पुगेको छ ।
त्यसको संरक्षणमा गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने भएको हो । कालो भटमास, सेतो भटमास, गहत, सिलाम, भाँगो जस्ता रैथाने वाली प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिइने उल्लेख गरिएको छ ।

त्यस्तै गाउँपालिकाले पालिका भित्रका मारुनी, झ्याउरे, भैलो, तीज गीत, चक्रेृश्वर मेला, लाखे जात्रा, पञ्चेबाजा, भजन कीर्तन लगायतका लोक संस्कृतिको प्रबद्र्धन गर्ने लिइने भएको छ ।
चन्द्रकोट गाउँपालिकाले बुधवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषकका उत्पादन गाउँपालिकाको व्यवस्थापन अन्तर्गत कृषकलाई बजारसँग जोड्न कृषि एम्बुलेन्स सञ्चालन गरी कृषकको उत्पादनलाई पालिकाको सहजिकरणमा बजारसँग जोड्ने नीति लिइने भएको छ ।

कृषि क्षेत्रमा उत्पादन बृद्धि र बजारीकरणमा बिशेष महत्वका साथ नीति कार्यक्रममा समाबेश गरिएको छ । गाउँपालिकामा माटो उपचार साथै माटोको नक्साङ्कनका लागि माटो परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ ।


त्यस्तै कृषि उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालनमा ल्याउने नीति प्रस्तुत गरिएको छ ।
त्यस्तै गाउँपालिका भित्र सञ्चालन हुने आयोजनाहरुमा मानव श्रमको प्रयोगमा जोड दिइने भएको छ । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलको अभिलेखिकरण विकास र प्रवद्र्धन गर्न विकास समिति गठन गरीने भएको छ ।

सहकारी संस्थाहरुलाई उत्पादनमूलक कार्यमा लाग्न अभिप्रेरित गरिने भएको छ । त्यस्तै स्थानीय पाठ्यक्रमका आधारमा निर्माण गरिएको आधारभूत तहको कक्षा (१–८) सम्मको पाठ्यपुस्तक छपाई तरी वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

शैक्षिक सत्र २०८० लाई शैक्षिक गुस्णस्तर अभिवृद्धि अभियानबर्षको रुपमा विकास गर्न विद्यालय निरीक्षण र सुपरीवेक्षण कार्य तथा शिक्षकको् पेशागत विकासलाई व्यवस्थित गर्दै लगिने भएको छ ।


मानिसको मस्तिष्क विकास उसको गर्भको ९ महिनादेखि २ बर्षसम्म ८०% हुने हुँदा भविष्यमा हाम्रा सन्तति स्वस्थ, जिम्मेवार र उर्जाशिल बनाउनपोषिलो आहारा खान प्रोत्साहन गर्दै नियमित गर्भ परीक्षण, आमालाई पोषिलो झोला वितरण कार्यक्रम कार्यान्वयनमा ल्याइने भएकको छ । साथै जन्मिएको २ बर्ष भित्रमा प्रत्येक महिनामा तौल लिइ न्युन पोषण तथा कुपोषित बच्चाको पहिचान गरी समयमा नै व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने नीति कार्यक्रममा समाबेश गरिएको छ ।

चन्द्रकोट गाउँपालिका भित्रकासुत्केरी आमालाईसंघीय सरकारको यातायात खर्च सम्बन्धित स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने भएको छ । त्यस्तै बर्थिंग सेन्टरमा आई जटिल स्वास्थ्य समस्या भै आमा र नवजात शिशुलाई थप उपचारको लागि प्रेषण गर्नु पर्ने भएमा असहाय, अशक्त परिवारलाई सम्बन्धित ठाउँमा पु–याउने व्यवस्थालाई निरन्तरता दिइने भएको छ ।
कोरोना भाइरस साथै अन्य सरुवा रोगहरुलाई भविष्यमा चन्द्रकोट गाउँपालिकाबाट निर्मुल पार्नका लागि हरपल कोशिसगरीने भएको छ । साथैकोभिड भ्याक्सिन उपलब्ध गराई पूर्ण खोप घोषणा गरिनेछ, अन्य सरुवा रोग सम्बन्धि जनचेतना अभिवृद्धिको लागि विद्यालय तथा समुदायमा स्वास्थ्य शिक्षा दिइने भएको छ ।

विद्यालयमा निःशुल्क आँखा जाँच, चश्मा वितरण तथा आँखा अप्रेशन शिविर सन्चालनका लागि निरन्तरता दिइने भएको छ । वृहत स्वास्थ्य शिविर संचालनको कार्यक्रमलाई निरन्तरता अध्यक्ष केसीले प्रस्तुत गरेको नीति कार्यक्रममा रहेको छ ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल खेलाडीलाई सम्मान तथा प्रोत्साहनको नीति लिइने भएको छ । त्यस्तै गाउँपालिका भित्रको दलित समुदाय, मगर, कुमाल, बोटे आदि अल्पसंख्यक एवम् आदिवासी जनजातिको मौलिक भाष, कला, धर्म एवम् संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यलाई अगाडी बढाउने भएको छ ।


एम घर एक धारा कार्यक्रमलाई यसै वर्ष सम्पन्न गरिने भएको छ । त्यस्तै छोराछोरी समान हुन भनी छोरा छोरीलाई समान अंश दिने बुवा आमालाई विशेष कार्यक्रमका सम्मान गरिने भएको छ । पूर्ण अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य बिम ागर्ने नीतिलाई प्रथामिकता दिइने भएको छ ।

नयाँ बाटोको ट्रयाक खोल्नु अघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गराई सिफारिस लिनुपर्ने व्यवस्था मिलाउने भएको छ । गाउँपालिकाको प्रशासनिक भवन र १५ शैया अस्पताल निर्माणको कामलाई सम्पन्न गर्ने कार्यालाई तिव्रता दिइने भएको छ ।

गाउँपालिकाले यी लगायत आफनो सेवाप्रवाहलाई पनि थप समयअनुकुल सेवाप्रवाहमा छिटो छरितो ढंगले सम्पन्न गर्न बिभिन्न नीति बनाएको छ । पालिकाको कार्यालय परिसरमा नागरिक सहायता कक्षाबाट नागरिकका समस्या र कामलाई सहजीकरण गर्न अझै वढि ध्यान लिने भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।