गुल्मीमा मदन जयन्तीको अबसरमा फलफूलका वृक्षरोपण

0 240

सूर्य सुनार
१४ असार, गुल्मी । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले बिभिन्न फलफूलका वृक्षरोपण गरेको छ । जन्म जयन्तीको अबसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–९ उपल्लो तम्घास स्थित बालउद्यान पार्कमा फलफूलका वृक्षरोपण गरिएको हो ।
पार्कमा अम्बा, स्टोबेरी, सुन्तला, मौसम, धुपीसल्ला, टीम्मुर लगायत २ दर्जन फलफूलका बिरुवा रोपण गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीमा सचिव अजय खड्काले बताए । भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल केन्द्रिय समितिले देशभर बिभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको थियो ।

सोहि कार्यक्रम अनुसार जिल्ला शाखा गुल्मीले वृक्षरोपण गरेर मनाइएको खड्काले बताए । वृक्षरोपण कार्यक्रम नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र प्रेस चौतारी गुल्मी जिल्ला शाखामा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । वृक्षरोपण कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अर्यालले मानव जीवनसँग वोट विरुवाको सम्बन्ध रहेकाले वातावरणिय सन्तुलनका लागि पनि वृक्षरोपण आवश्यक रहेको बताए ।

ad

उनले पछिल्लो समय विकास निर्माणका क्रममा बर पिपल जस्ता धेरै वोट विरुवाहरु नष्ट हुँदै गएकाले अहिलेको समयमा वृक्षरोपणको आवश्यकता झन बढदै गएको बताए । कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्रीले प्रकृतिक सन्तलन ल्याउन र बाढि पहिरो जस्ता प्रपोकको न्यूनिकरणका लागि पनि वृक्षरोपण आवश्यक रहेको बताए ।

पार्कमा पुग्नेहरु फलफूलका विरुवाहरुसँग रमाउन भन्ने उदेश्यले बालउद्यान पार्कमा फलफूलका वृक्षरोपण गरिएको बताए । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।