परदेशबाट फर्केर घाँसका बिरुवा उत्पादन

0 65

गुल्मी जिल्लामा बिदेशबाट फर्केर कृषि पेसामा लाग्ने युवाहरुको आकर्षण बढ्न थालेको छ । प्रदेशमा गर्ने मेहनत आफनै गाउँठाउँमा गरेर राम्रो आम्दानी गर्न सकिने भन्दै सर्सेनीका गोपाल केसी घाँसको नर्सरी गर्न थाल्नु भएको छ ।
गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीका युवा गोपाल केसी १२ वर्ष सम्म दुबैमा बस्नुभयो । प्रदेशमा पररिश्रम गरी स्वदेश फर्कीनु भएका केसीले अहिले आफ्नै गाउँठाउँमा घाँस खेती गरि राम्रो आम्दानी लिन सुरु गर्नु भएको छ ।
एक सय रोपनी क्षेत्रफलमा अहिले ४६ प्रकारका विभिन्न प्रजातीका घाँसका विरुबा उत्पादन तथा विक्री बितरण भैइरहेका छन् । चार वर्ष अघिबाट सुरु गर्नु भएको घाँस खेतीमा अहिले सम्म १६ लाख भन्दा धेरै लगानी भैइसकेको छ ।
केसीले उत्पादन गर्नु भएका घाँसका बिरुवा गुल्मी जिल्लासंगै छिमेकी जिल्लाका विभिन्न स्थान हुदैं, पोखरा र धरान बाट समेत घाँसका बिरुवाको माग आएको छ । उहाँको नर्सीरीमा एक रुपैयाँ देखी ६० रुपैयाँ सम्मका घाँसका बिरुवा उत्पादन भएका छन् ।
घाँसका बिरुवा उत्पादन गर्ने कृषकलाई स्थानीय सरकारले पनि सहयोग गर्ने गरेको छ । केसीले आफ्नै माटोमा कडा मेहनत गरी युवाहरुलाई स्वदेशमा केही गरे सफल भइन्छ भन्ने उदाहरण समेत दिनु भएको छ ।


बिहान सबैरै देखी राती अबेर सम्म बारीमै व्यस्त हुने केसीले सिजन अनुसार स्थानीयलाई रोजगार समेत दिनु भएको छ । सरकारले सिंचाईमा सहयोग गरे आफनो व्यवसाय थप फस्टाउने उहाँ बताउनु हुन्छ ।
पछिल्लो समय पशुपालन तर्फ आर्कषण बढिरहको समयमा उन्नत जातको घाँस खेतीले राम्रो स्थान पाउदै आएको छ । परम्परागत रुपमा गाउँघरमा उत्पादन हुने घाँसका विरुवा भन्दा उन्नत जातको घाँस बाट उत्पादन गर्ने किसान देखि खपत गर्ने किसानलाई सम्म फाइदा हुने हुदाँ गुल्मीमा उन्नत जातको घाँस खेती तर्फ युवाहरुको आर्कषण बढेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।