सूर्य सुनार असार २२, गुल्मी
गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ बलेटक्सारमा रहेको रेन्बो इङलिस बोडिङ्ग स्कूल जिल्ला प्रथम भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका – ४ बलेटक्सारमा रहेको विद्यालय पहिलो भएको हो ।
यस विद्यालयका विद्यार्थी निरज श्रेष्ठ ३.९५ जिपिए प्राप्त गर्दै विद्यालयलाई संस्थागततर्फ जिल्लामा प्रथम बनाउन सफल हुनुभएको हो । सामुदायिक तथा संस्थागत विद्यालयतर्फ यस विद्यालय जिल्लामा द्वितीय भएको छ ।
यस विद्यालयबाट ३३ जना विद्यार्थीले एसईई दिएका थिए । परीक्षामा सहभागी सबै विद्यार्थीहरु उत्तिर्ण भएसँगै विद्यालयले शतप्रतिशत नतिजा ल्याएको प्रधानाध्यापक योजन खत्रीले जानकारी दिनुभयो ।
विद्यालयमा ३.८५ लालप्रसाद पन्थ ३.७०, जेनिसा पन्थ अमिसा अचार्य ३.६५, रन्जित रेग्मी र कृष्णप्रसाद पन्थले लिएका छन् ।
त्यस्तै समग्रमा विद्यालयमा ३.६० देखी ४ जिपिए ९ जनाले लिएका छन् । ३.२० देखी ३.६० जिपिए ९ जना, २.८० देखी ३.२० जिपिए १० जना, २.४० देखी २.८० जिपिए ४ जना र १.६ देखी २ जिपिए १ जनाले लिएको विद्यालयका प्रधानाध्यपक खत्रीले बताउनुभयो ।
विद्यालयले २०७८ को एसइइमा ३.९० अङ्क लिइ जिल्ला दोस्रो भएको थियो । निरन्तर रुपमा एसइइमा उत्कृष्ट नतिजा लिन सफल भएको छ ।
विद्यालयका प्रधानाध्यपक योजन खत्रीले जिल्लामा संस्थागत विद्यालयतर्फ एसईईमा पहिलो हुन पाउँदा निकै खशी लागेको बताउँदै यो नतिजालाई सधै यथावथ राख्न आफू लाग्ने बताउनुभयो । साथै विद्यालय सबैको नजरमा राम्रो र गुणस्तरिय शिक्षा दिने भएको प्रति खुशी व्यक्त गर्नुभएको थियो ।