छत्रकोटले ९एसईईमा २.८ जिपिए भन्दा माथि ल्याएर पालिकामै पढे पूर्ण छात्रवृत्ति प्रदान गर्ने

0 119

जनक पन्थ असार २२ गुल्मी
२१ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा २.८ जि।पिएभन्दा माथि ल्याएका पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीले ११ र १२ पालिका भित्रका विद्यालयमा अध्ययन गरेको खण्डमा मात्रै पूर्ण छात्रवृत्ति पाउने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । पालिकाले बिहिवार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा सफल हुने सम्पूर्ण परीक्षार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
२।८ जि।पि।ए। भन्दा माथि नतिजा हासिल गर्ने बाहेक अन्य जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ । पालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कक्षा ११ र १२ अध्ययन गर्न अनुरोध समेत गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।