चन्द्रकोटका आरन व्यवसायीका लागि औजार वितरण

0 1,683

महेश बोहरा, असार २५ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आरन व्यवसायीका लागि आवश्यक पर्ने औजार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ४१ जना परम्परागत आरन व्यवसायिहरुका औजार वितरण गरिएको हो ।

उनिहरुका लागी आवश्यक पर्ने प्रति व्यवसायी १/१ वटा इलेक्ट्रिक पंखा, ग्रेण्डर, फलाम काट्ने उदाउने चक्काहरु प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गतको परम्परागत आरन व्यवसायीका लागि आवश्यक मेसिन तथा औजार वितरण कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पनन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष युबराज केसीको प्रमुख आतिथ्यतामा रहेको थियो । यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, वडा न. १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता घनश्याम खरेल, वडा न. ३ का वडाध्यक्ष डिल्लीराज सुवेदी, वडा न. ७ का वडाध्यक्ष अनन्तराम भण्डारी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

ad

कार्यक्रममा पालिकाभित्रका कुल ४१ जना परम्परागत आरन व्यवसायि गर्नेहरुका लागि औजार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष युवराज केसीले प्राप्त औजारहरुको उचित प्रयोग गदै ब्यवसार गरि आर्थिक आम्दानी वृद्धि गर्न आग्रह गरेका छन । उनले परम्परागत व्यसायलाई परिस्कृत गदै आधुनिक तरिकाले आरन व्यवसाय गर्न सके मनग्ये आम्दानी गर्न सकिने उल्लेख गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा आरन व्यवसाय गर्नहरुले स्थानिय सरकाले आफ्नो पेशालाई सम्मान गदै आवश्यक औजार दिएकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।