खोलाबाट पानी ल्याउँदा ठूलै उत्सव मनाउने अवस्थामा छौ : रास्वपा उपसभापति अर्याल

0 204

अजय खड्का

असार २६, गुल्मी ।

राष्ट्रिय स्वतन्त्र पार्र्टीका सांसद तथा पर्वमन्त्री समेत रहेका उपसभापति डोलप्रसाद अर्यालले अहिलेको अवस्था सम्म आइपुग्दा पनि खोलाबाट बस्तीमा पानी ल्याउदा त्यसलाई नै ठूलो उपलब्धी सम्झेर उत्सव मनाउने अवस्था भएको बताए । पार्टिको संगठन विस्तारको कार्यक्रममा गुल्मी पुगेका अर्यालले पत्रकार भेटघाट कार्यक्रममा भौतिक विकास भन्दा पनि जनताको स्वस्थ्य, शिक्षा लागाएतको विषय महत्वपुर्ण भएको बताउदै उनले भने “हामी कुनै खोलाबाट बस्तिमा पनि पु¥यायौ भने ठूलै उत्सव मनाउनु पर्ने अवस्थामा छौ, जुन कुरा २१ आँै सताब्दीमा सुन्न पनि लायक विषय होइन” । अन्य राजनितिक दलहरुको तुलनामा रास्वपा माथि जनताको ठूलो अपेक्षा रहकोले त्यस अपेक्षमा कुठारापात हुन नदिने उनको भनाई छ ।

ad

नागरिकता विधेयकमा हामीलाई विवादमा तान्ने प्रयास गरियो :

नागरिकता विधेयक सम्बन्धी पत्रकारको प्रश्नमा अर्यालले नागरिकता विधेयक पास गर्नुहुन्न भन्ने पक्षमा आफुहरु नरहेको बताउदै उनले भने – “सबैभन्दा पहिला यो देशको नागरिकता विधेयक ल्याउनुपर्छ र नयाँ सदनले छिटो ल्याएर यसलाई पारित गर्नुपर्छ भनेर पार्टी खोल्ने वित्तिकै भनेका छौ । यसकारण यस विधेयकका विषयमा हामिलाई विवादमा तान्ने प्रयास गरिएको हो” । जुन नेपाली जनताले नागरिकता पाएको छैन त्यसले पाउनु पर्छ भनेर आवाज उठाउने पार्टी रास्वपा रहेको अर्यालले बताए ।

जनताले रास्वपालाई चाहदैनन् भने रास्वपा आवश्यक छैन :

रास्वपा आगामि निर्वाचनमा पनि एक्लै चुनावि मैदानमा उत्रने भन्दै अर्यालले अरु पार्टी एक तिर भए पनि रास्वपा एक्लै चुनाव लड्ने बताए । “जनताले रास्वपालाई चाहदैनन् भने रास्वपा आवश्यक छैन्, यो पार्टि जनताको लागि भनेर आएको हो यसकारण जनताको साथ र सहयोग आफुहरुमाथि रहेकोले कुनै दल संग गठबन्धन गरेर चुनाव लड्दैनौ”– अर्यालले भने ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।