चन्द्रकोटका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिजन्य उपकरण वितरण

0 551

महेश बोहरा, असार २६ गुल्मी

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंगलबार कृषकलाई कृषिजन्य उपकरण समाग्री वितरण गरेको छ । ५० प्रतिशत लागत साझेदारीमा एक कार्यक्रमका वीच चन्द्रकोट गाउँपालिकाका कृषकलाई कृषिजन्य यन्त्र उपकरण वितरण  गरिएको हो । गाउँपालिकाभित्रका ४२ जना कृषकलाई  कृषिजन्य यन्त्र उपकरण वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषिलाई व्यवसायीकीकरण गरि आधुनिकीकरण गराउने तर्फ लागेको बताउनुभयो । उहाँले कृषकले मागको आधारमा थप सामाग्री वितरण गरिने उल्लेख गर्नुभयो ।

ad

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले कृषिलाई माथि उठाउने र कृषिमा निरन्तर लाग्नेहरुका लागि आगामी दिनमा पालिकाले अझै सहयोग गर्दै जाने बताउनुभयो । उहाँले उद्यम गर्न चाहाने समुदायमा रहेका सबैलाई समेटेर अघि बढाउने पाखा पखेरामा उत्पादन गर्न चाहानेका लागि पालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो

वडानम्बर ४ वडाध्यक्ष एवं आर्थिक विकास संयोजक बल बहादुर बस्नेतले गाउँपालिकाका विपन्न र कृषिलाई व्यवसायीकीकरण बनाउनको लागि ५० प्रतिशत लागत साझेदारीमा कृषिजन्य यन्त्र उपकरण वितरण गर्न खोजिएको बताउनुभयो ।

यस्तै कृषकको तर्फबाट बोल्दै वडा नं. ४ का सक्रिय कृषक घनश्याम गौतमले लम्पी स्कीन रोगका कारण गोरु बिरामी भएको र खेतीबाली लगाउने समयमा गोरु मरेकोमा मिनिटिलर वितरणले किसानको पीडामा मलम लाग्ने बताउनुभयो । कार्यक्रमको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले सबैभन्दा सम्मानित र मर्यादित पेशा कृषि रहेको भन्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख शिवप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।