मर्भुङ्ग- रुपन्देही सम्पर्क समाज द्वारा थानपती निमाविलाई साउण्ड सिस्टम प्रदान !

0 537

असार २६ गुल्मी ।
मर्भुङ्ग- रुपन्देही सम्पर्क समाजले ,मालिका गाउँपालिका -८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेको छ ।
मंगलबार मर्भुङ्ग – रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर अर्याल ,सदस्य खुमराज खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्कालाई साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन ।
सिमित स्रोत साधनका बाबजुद सबै आवश्यक सामाग्रीहरु समयमै विद्यालयमा उपलब्ध गराउन सक्ने अबस्था न्युन हुने हुँदा बाह्य संघ-संस्था संग समन्वय गरेर विद्यालयमा साउण्ड सिस्टम उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।
त्यस्तै यता मर्भुङ्ग -रुपन्देही सम्पर्क समाजले पनि आफ्नो गाउँ ठाउँको विद्यालयमा सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी लागेको जनाएको छ ।
मालिका गाउँपालिका -८ मर्भुङ्ग घर भैइ हाल विभिन्न सिलसिलामा बुटवल बस्दै आएका भर्भुङ्गेहरुले स्थापन गरेको यो सम्पर्क समाजले , सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।