लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कीद्वारा बलेटक्सार चक्रपथको शिलान्यास

0 195

 

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने बलेटक्सार चक्रपथको शिलान्यास गर्नुभएको छ । बुधबार मन्त्री मास्कीले सोही चक्रपथको शिलान्यास गर्दै सोही सडकको कालोपत्रेकालाथि थप बजेटको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले चक्रपथको काम समयमै सक्न समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । कुल ८ करोड १७ लाख लागतमा हाल ४।५ किलोमिटर चक्रपथ कालोपत्रे हुँदैछ । उक्त चक्रपथ साढे ७ किलोमिटर रहेको छ । त्यस अवसरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशा अध्यक्ष सुदर्शन बरालले विकास निर्माणमा सबै एकमत हुनुपर्ने समेत बताउनुभयो । उहाँले सबैको सहयोगले नै विकास निर्माणले गति लिने समेत बताउनुभयो ।

ad

एकअर्काप्रति खिचातानीको राजनीतिले विकास निर्माणमा असर पर्ने समेत उहाँले बताउनुभयो । सडक पूर्वाधार बिकास कार्यालय गुल्मीका सचितानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनादेबि गौतमले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

निर्माण व्यवसायी भागवत गिरीले १ बर्ष भित्र काम सक्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजीकरण दामोदर ज्ञवालीले गर्नुभएको थियो । चक्रपथ चौतारा(धोवीघाट(रानीघाटसम्म रहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।