गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

0 191

 

गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते हुनुभएको थियो । घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएको थियो । घाइते टीकाको उपचारको क्रममा बुधबार साँझ १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेका अनुसार मृतक किशोरीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिनेछ । मृतक बलालको आजै अन्त्येष्टि गरिनेछ ।

ad

मुसिकोट नगरपालिकाको नेटा र मालिका गाउँपालिकाको नेटामा चट्याङले बढी असर गर्दै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।