गुल्मीमा माटो परीक्षण ल्याब स्थापना

0 1,326

अनिल खत्री असार २८, गुल्मी । गुल्मीमा माटो परीक्षण ल्याब स्थापना भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै माटो परीक्षण सुरु गरिएको हो ।
गुल्मी जिल्लामा माटो परीक्षण गर्ने व्यवस्था नहुँदा कृषकले अन्दाजकै भरमा खेतीपाती गर्दै आएका छन् । जिल्लाबाट माटो परीक्षण गर्न केहि स्थानीय तहले शिबिर राख्ने गरेका थिए । त्यो बाहेक अन्य कुनै व्यवस्था नहुँदा कृषकलाई समस्या थियो ।
तर अहिले कृषि ज्ञानकेन्द्र गुल्मीमा माटो परीक्षण प्रयोशाला स्थापना भएपछि सहज हुने भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले माटो परीक्षण मिनिल्याब स्थापनासँगै स्थानीय तहका कृषि प्राविधिकहरुलाई ३ दिने माटो परीक्षण तालिम दिएको छ ।

तालिमका लागि दाङबाट आउनु भएका बरिष्ठ माटो बिज्ञ इन्द्रबहादुर ओलीले स्थानीय तहका कृषि प्राविधिकहरुलाई माटो परिक्षण कसरी गर्ने लगायत माटोसम्बन्धी बिभिन्न जानकारी मुलक तालिम प्रदान गरिएको हो ।

तालिमबाट स्थानीय तहमै माटो सम्बन्धी केहि जानकारी प्राविधिकहरुले कृषकलाई प्रदान गर्नेछन् ।

ad

माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्नका लागि प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिङ्क, आइरन लगायतका १४ प्रकारका खाद्य तत्वहरूको जाँच गरिने भएको छ । माटो परिक्षणसँगै प्राविधिकले दिइएको ज्ञानकेन्द्रमा माटो परीक्षण ल्याब स्थापनासँगै २ जना प्राबिधिक खटिने भएका छन् । सुरुमा दिनमा १० वटासम्म माटो परीक्षण गर्न सकिने भएको छ । त्यपछि यसलाई बढाउदै लगिने भएको छ ।
अनिल खत्री नेपाल टेलिभिजन लुम्बिनी प्रदेश गुल्मी

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।