नेकपा माओबादी केन्द्र गुल्मीद्धारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

0 614

महेश बोहरा असार २८, गुल्मी
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बिहिबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गदै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस भनि कामना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीका इन्चार्ज वीरबहादुर कार्कीले पार्टीका सल्लाहकार सीता दाहालको निधनले पार्टीमा एक असल अभिभावक गुमाउनु परेको बताउनुभयो । उहाँले सीता दहाल पार्टीभित्र एक असल अभिभावक भएको चर्चा गदै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नुभयो । दाहाल सरल ब्यक्तित्व र पार्टीलाई एकताबद्ध गर्नमा उहाँको ठूलो भूमिका रहेको बताउनुभयो ।


जिल्ला सचिव अशोक थापाले सीता दाहाल पार्टीको असल अभिभावक र योजनाकार भएको चर्चा गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताउनुभएको छ ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उहाँ एउटा महान नारी भएको बताउनुभयो। उहाँले पार्टीमा खेलेको भूमिका अतुल्निय रहेको उहाँको भनाई थियो ।
श्रद्धाञ्जली कार्यक्रममा जिल्ला स्थित जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको तस्विरमा फुलमाला अबिर अर्पण गरिएको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।