गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

0 159

अनिल खत्री असार २९  गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोदकुमार गिरीले गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता भएको प्रमाणपत्र समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीलाई प्रदान गर्नुभयो । जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै सातांै जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यवस्था अनुसार कार्यक्रम यसअघि गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्यले बताउनुभयो ।
खोप सुनिश्चतता जिल्ला घोषणा गर्दै प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोदकुमार गिरीले यस अभियानमा वडा स्तरदेखी जिल्लासम्म खटिने सबै स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

हाल जिल्लामा १५ महिना भित्रका बच्चाहरुको संख्या ४ हजार ७ जना बच्चा मध्ये सबैले पूर्ण खोप लगाएका छन् । १६ देखी २४ महिनासम्मका दुई हजार ६१४ जना रहेकोमा चार जना आंशिक रुपमा खोप लगाउन छुटेको पाइएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरीक्षक बोम अर्यालले बताउनुभयो ।
पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने जिल्ला खोप समन्वय समिति संयोजक जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले बताउनुभयो ।

ad

जिल्ला खोप समन्वय समितिले पूर्ण खोप दिगोपन सुनिश्चतता गर्न १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरिएको छ ।
अनिल खत्री नेपाल टेलिभिजन लुम्बिनी प्रदेश गुल्मी ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।