गुल्मी कारागारमा स्वास्थ्कर्मी नहुँदा समस्या

0 174

सूर्य सुनार असार २९, गुल्मी राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) जिल्ला शाखा गुल्मीले जिल्ला कारागार गुल्मीको अनुगमन गरेको छ । शुक्रबार जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले अनुगमन गरेको हो ।

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा समस्या भएको जिल्ला कारागार निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनुभयो । गुल्मी कारगारमा जनशक्ति नहुँदा कारागार व्यावस्थापनमा समेत समस्या भएको उहाँले बताउनुभएको थियो । कारागारमा अधिकृतसहित १० जनाको दरबन्दी भए पनि २ जना कर्मचारीको भरमा कार्यालय चलेको पन्थीले समस्या राख्नुभएको थियो ।

स्वास्थ्यकर्मी नभएका कारण कैदी बन्दीहरूको उपचारमा समस्या भएको, सुत्न, खानेपानी, शौचालयसँगै, पानी चुहिने लगायतका समस्या कारागारभित्र रहेको कैदी बन्दीहरुको समस्या भएको बताएका छन् ।

ad

हल जिल्ला कारागारमा पुरुष ६५कैदी, थुनुवा २४ गरी ९० जना, महिला ४ कैदी, ४ थुनुवा रहेको छन् । कारागारमा जम्मा ९८ जना रहेका छन् ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव अधिकार एलाइसले स्थापना दिवसको अवसरमा कारागारको भौतिक अवस्था, कैदी बन्दी तथा थुनुवाहरुको मानव अधिकार अवस्था सम्बन्धमा अनुगमन गरेको राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) जिल्ला शाखा गुल्मीका अध्यक्ष रिता बराल पाण्डेले बताउनुभयो ।

कारागारको भौतिक अवस्था, कैदी बन्दी तथा थुनुवाहरुको अवस्थाको बारेमा जानकारी लिने र कारागारलाई मानव अधिकारमैत्री बनाउन सरोकारवालाहरु संग पुयाउने उदेश्य रहेको राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च जिल्ला शाखा गुल्मीका सल्लाकार हिरा कुँवरले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रिय सदस्य विष्णु विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।