गुल्मीको मुसिकोटमा पहिलो पटक सार्वजनिक पुस्तकालय स्थापना

0 187

गुल्मी:
मुसिकोट नगरपालिकाको केन्द्र वडा नं. ७ वामीटक्सार बजारमा पहिलो पटक सार्वजनिक पुस्तकालयको स्थापना गरिएको छ। नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो।

जिपपार्क स्थित सामुदायिक भवनमा स्थापना गरिएको पुस्तकालयको नगरप्रमुख जीवन खरेलले समुद्घाटन गर्नुभएको हो । नगरकै गहनाको रुपमा पुस्तकालयको स्थापना गरिएको भन्दै यसको निरन्तरताका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो।

 

उहाँले पुस्तकालयलाई साझा पुस्तकालयको रुपमा स्थापना गरिएको भन्दै बौद्धिक र सांस्कृतिक संस्थालाई विस्तारै ई-लाईब्रेरीको रुपमा विकास गरिँदै लगिने बताउनुभयो । आदिकवी भानुभक्त आचार्यलाई समेत स्मरण गर्दै नगरप्रमुख खरेलले उहाँको कृतिहरुबाट प्रेरणा लिनुपर्ने बताउनुभयो।

ad

नगरउपप्रमुख गंगा श्रेष्ठले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले पुस्तकालयको स्थापना गरिएको बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगले सामाजिक चेतना र ज्ञान तथा बौद्धिकता हराउँदै गएको भन्दै उहाँले पुस्तकालयले सबै क्षेत्रका व्यक्तिलाई अध्ययन गर्ने थलोको रुपमा विकास गरिने जानकारी दिनुभयो।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।