प्रधानमन्त्रीले सत्ता टिकाउन खोज्दा परराष्ट्र नीतिको सन्तुलन गुम्यो – ज्ञवाली

0 87

काठमाडौं ः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्।

प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउन जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरुलाई समेत आग्रह गरे।

त्रिभुवन विश्वविद्यालय नेपाल र एशीयाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए। प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखि विद्युत खरिद सहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए।

ad

पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीको भनाइ छ। ​

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्र मन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताए।

दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोही अनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उनको तर्क थियो । नेतृ कोइरालाले नेपालले राष्ट्रिय हित विपरीत कुनै पनि मुलुकको बहकावमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराए।

उनले विदेशीको प्रभावमा परेर राष्ट्रिय हितको पक्षमा नबोल्ने काम बुद्धिजीविबाट समेत हुने गरेको पाईएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गरे।

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त हुने खालको परराष्ट्रनीति नीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रविद्हरूलाई आग्रह गरे। उनले बीआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा नभएको दाबी गर्दै त्यसले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा जोड दिए।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।