गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु

0 176

अनिल खत्री
१ साउन, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिना सम्म मेला सुरु भएको रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पनथीले बताउनुभयो ।
धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगैे दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितीले जनाएको छ । यसवर्ष मलमास परेकाले साउन ७ गतेदेखि ११ गतेसम्म मलमासमा के गर्न हुने र के गर्न नहुने भन्ने बारेमा बिद्धान पण्डीतबाट प्रवचन समेत राखिने भएको पन्थीले बताउनुभयो ।
रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् । पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ ।
आज पहिलो दिन झनै बिशेष श्रद्धालु भक्तजनको बिहानै देखि घुइचो लाग्ने गरेको छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।
साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औंषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।
सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।