कालोपत्रे गरिएको तम्घास सिमलटारी सडक जीर्ण बन्दै

0 219

अनिल खत्री २ साउन, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले सहायक सडक बिस्तारको क्रममा राजमार्ग जीर्ण बन्न थालेको हो । सहायक सडक बिस्तारको क्रममा कालोपत्रे सडकमा फालिएको ढुंगा माटोले कालोपत्रे सडक अहिले घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बन्दै गएको छ ।
अहिले वर्षात पनि सुरु भएकाले सडकका बिभिन्न स्थानमा फालिएको माटोमा हिलाम्मै बन्दै गएपछि कालोपत्रे सडक हो या होइन भनेर छुट्याउन गाहे बन्न थालेको छ । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् ।


सडकको रैदी राखेढुंगा, छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक दिनहँु जीर्ण बन्दै गएको हो । सडकको केहि स्थानमा निजी जग्गाबाट ढुंगा निकाल्ने कार्य गर्दा पनि ठाउँ–ठाउमा कालोपत्रे सडक जीर्ण बन्दै गएको छ ।
कालोपत्रे सडक माथी चेनवाला डोजर प्रयोग गरेर ढुंगा निकाल्ने कार्य पनि गरिदै आएको छ । सडक छेउमा ढुंगा निकाल्ने क्रममा खनिएको माटो पनि सडकमै फालिएको छ ।
कतिलपय स्थानमा नालिबाट बग्नु पर्ने भेल पनि सडकबाटै बग्ने गरेको छ । जसले गर्दा अहिले वर्षातको समयमा सडक हिलाम्मै बन्दै गएको छ ।
सडक बनाउने क्रममा कालोपत्रे गरिएको संरचना बिगार्न नहुने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले सडक बिस्तारको क्रममा कालोपत्रे सडकमा क्षती भएको भए तुरुन्तै मर्मत गर्न सम्बन्धीत कार्यालय ध्यानाकर्षण गराएको बताए ।
राज्यले करोडौं मूल्य खर्चेर निर्माण गरेको सडक संरक्षणमा सबैले ध्यानदिनु पर्नेे स्थानीय झबी पाण्डेले बताए । यस्तै कार्य गर्दै गए कालोपत्रे सडक छिट्टै नै भत्कीदै जाने भएकाले सम्बन्धीत निकायले समयमै ध्यान दिनुपर्ने पाण्डेको भनाई छ ।


मदनभण्डारी राजमार्गको बिभिन्न ठाउँमा सडक भत्कीएको ठाउँमा अहिले मर्मत पनि गरिएको छ । मर्मत गर्ने क्रममा केहि स्थानमा सडक छेउबाटै ढुंगा निकाल्ने कार्य गरिएको थियो ।
जसले गर्दा सडक ठाउँ–ठाउमा जीर्ण बन्न थालेको हो । सडक बिस्तारको क्रममा क्षती भएको स्थानमा निर्माण व्यवसायिले राजमार्ग पहिले जस्तै बनाइने मदनभण्डारी राजमार्ग कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर विरेन्द्रप्रकाश गुप्ताले बताए ।
राजमार्गका केहि स्थानमा सहायक राजमार्ग बिस्तार गर्दा समस्या रहेको उनको भनाई छ । अहिले मदन भण्डारी राजमार्गमा कार्यालयले पनि पहिरो फाल्ने र केहि स्थानमा ग्याभिङ वाल लगाउने कार्य गर्ने क्रममा सडकमा राखिएका ढुंगा माटो भने हटाइने इन्जिनियर गुप्ताले बताए ।
कार्यालयले ठेक्का लगायका बाहेक सहायक राजमार्ग बिस्तारको क्रममाभने समस्या रहेको गुप्ताले बताए । केहि दिन अघि रैदीमा ढुंगा निकाल्ने क्रममा सडकमा फालिएको माटो निर्माण व्यवसायिले बनाइ दिने भनेर जानकारीमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

ad


उनले सडक बिस्तार र मर्मतको क्रममा कालोपत्रे सडक बिगार्ने भत्काउने कार्य कसैले पनि गर्न नपाइने बताए । राजमार्गको बिभिन्न ठाउँमा निर्माण व्यवसायिले काम गर्दा क्षतीभएको स्थानमा तुरुन्तै मर्मत र पहिले जस्तै बनाउनको लागि सम्बधीत कार्यालयलाई ध्यानकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी केसीको भनाई छ ।
५ वर्ष पहिले करिब १ अर्बको लागतमा तम्घासबाट सिमलटारीसम्म २९ किलोमिटर सडक कालोपत्रे गरिएकोमा कतिपय स्थानमा जीर्ण र भत्कीन थालेको छ । राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारीसाधान आउ–जाउ गर्दछन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।