तुराङ बहुप्राबिधिक शिक्षालयद्धारा डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषय पठनपाठन सुरु गर्ने

0 644

साउन ०३, गुल्मी
तुराङ बहुप्राबिधिक शिक्षालयले यस बर्ष देखि ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषयको कार्यक्रम पठनपाठन शुरूवात गर्ने भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद  CTEVT  को आङ्गिक कलेज २०७८ सालमा स्थापना भएको हो । सो शिक्षालयले ३ बर्षे कृषि बाली बिज्ञान कार्यक्रम सन्चालन गरिरहेको थियो । शिक्षालयमा पहिलो र दोस्रो बर्ष गरि ४१ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

शिक्षालयमा बाजुरा , हुम्ला , जुम्ला , डोल्पा , बाग्लुङ , प्युठान , नवलपरासी र गुल्मीका बिद्यार्थीहरुले अध्ययन गरिरहेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले बताउनुभएको छ । शिक्षालयले यस बर्ष जिल्लाभर १८० जना कृषकलाई बेमौसमी तरकारी खेती , च्याउ उत्पादन तथा कफी बृक्षारोपण सम्बन्धि तालिम समेत प्रदान गरि उनिहरुको सिप परीक्षण पनि सम्पन्न गरिसकेको शिक्षालयले जनाएको छ ।

यसैगरी प्राबिधिक शिक्षामा विद्यार्थीहरुमा आकर्षण थप्न र युवाहरुलाइ उद्यमशिल बनाउने उद्देश्यले विभिन्न स्थानिय तहहरुले पनि विद्यार्थीहरुलाइ छात्रवृत्ति उपलब्ध गराउने भएका छन । चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकाले प्रत्येक वडाबाट १ / १ जनाका दरले अध्ययनको लागी छात्रवृत्ति दिने योजना अघि सारेका छन भने धुर्कोट गाउँपालिकाले ६ जनालाई कृषि तर्फ तथा इन्जिनियरिङ तर्फ ४ जनालाई छात्रवृत्ति दिने जनाएको छ । यस्तै गुल्मी दरबार गाउँपालिकाले पनि ४ जना विद्यार्थीलाई कृषि अध्ययन गर्न छात्रवृत्ति दिने गरि योजना अघि सारेको पालिकाले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।