मालिकाको आलु प्याकेजिङ्ग गरेर बजार ल्याइदै

0 107

अनिल खत्री साउन ४, गुल्मी
गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादन भएको रैथाने आलुलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलिमा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा बजारीकरण गर्नका लागि ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको हो ।

गाउँका कृषकले बजार पाउँने, शहरका उपभोक्ताले गुणस्तर पाउने भन्ने नाराका साथ गुल्मी जिल्लाको मालिका गाउँपालिका र कृषि ज्ञानकेन्द्रले प्रबद्र्धन गरेर आलुको ब्राण्ड लेवल र प्याकेज सार्वजनिक गरिएको हो । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला मसन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले आलु ब्राण्ड लेवल र प्याकेज सर्वजनिक गर्नुभएको थियो । स्थानीय जातको रैथाने आलुलाई मालिकाको पहिचाहन रैथाने र अर्गानिक आलुको उत्पादन भन्ने ब्राण्ड राखेर ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर बजारमा ल्याइएको हो । आलुको ब्राण्डीङ्गसंगै खेति गर्ने तरिकामा फरक पन आएसंगै किसानहरुमा उत्साह जगाएको अगुवा कृषकहरुको भनाई छ ।

मालिका गाउँपालिकाको अर्खबाङ्ग क्षेत्र आलुका लागि प्रसिद्ध ठाँउ हो । आलुको लागि उपयुक्त हावापानी हुदाँ यहाँ थोरै मेहनतमा धेरै आलु उत्पादन हुदैं आएको छ । अर्खाबाङ्गका स्थानीयले वषौंदेखि बारीमा बीउ नरोपी फलाउँदै आएको वर्षे आलु कृषिको आधुनिकीकरण नाममा लोप हुने अवस्थामा पुगेपछि त्यसलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
रैथाने सेतो आलु एक वर्ष लगाएपछि वषौं लगाउन नपर्ने यस ठाउँको बिशेषता रहेको छ । अर्खाबाङ्गकाका कृषकले उत्पादन गर्दै आएको रैथाने आलुलाई स्थानीय पहिचाहनका लागि ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको हो ।

ad

गाउँपालिकाले अब दिर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति गुल्मी प्रमुख द्रोर्ण खत्रीले बताउनु भयो ।
कृषकहरुलाई उत्पादनसँग जोडिएरहनका लागि र उपजको मूल्य बृद्धि गर्न स्थानीय जातको आलु प्याकेज गरिएको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताउनुभयो ।
यस वर्ष मालिका गाउँपालिकाको करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३ सय टन भन्दा धेरै आलु फलेको छ । यहाँ सामान्य ढंगले फागुनमा मकै छर्दा आलु लगाउने र असारमा कोदो रोप्दा आलु खनेर भित्र्याउने गरिन्छ । सक्षेत्रको आलु अर्गानीक भएकाले खानामा स्वादिष्ट र पोशीलो हुने हुदाँ जिल्ला भरनै चर्चीत छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।