महेन्द्र माविमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन

0 221

साउन ५, गुल्मी महेन्द्र माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका १ तम्घास गुल्मीमा शैक्षिक वर्ष २०८० सालको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन, निःशुल्क पाठ्यपुस्तक, दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति रकम वितरण एवं अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका का.वा. अध्यक्ष मोतिप्रसाद खनालको सभापतित्व रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री रामप्रसाद पन्थीको प्रमुख आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष श्री डम्बर बहादुर पाण्डे विशेष अतिथि, विद्यालय व्यवस्थापन समितिका पदाधिाकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रा.स. रामप्रसाद पन्थी अतिथि रहनु भएको थियो । विद्याकी देवी सरस्वतीको फोटोमा फूल टिका अपर्ण गरी कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिबाट गरिएको थियो ।


प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण र रेसुङ्गा नगरपालिका गुल्मीबाट प्राप्त भएको पाठ्यपुस्तक र छात्रवृत्ति प्रमुख अतिथिबाट विद्यार्थी र उहाँहरुका अभिभावकहरुलाई हस्तान्तरण गरी छात्रवृत्ति वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष श्री डम्बर बहादुर पाण्डेले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयले हर प्रयास गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि रेसुङ्गा नगरपालिका १ नं. वडा कार्यालयका वडा अध्यक्षले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र तिनका अभिभावकहरुलाई बधाई र कम नम्बर ल्याएका विद्यार्थीहरुलाई आगामी परीक्षामा अझ बढी मेहनत गरी अघी बढ्न सुझाउनु भएको थियो ।
साथै विद्यार्थीहरुले पाएको पाठ्यपुस्तक र छात्रवृत्तिको रकम फजुल खर्चमा नलगाई विद्यार्थीको शैक्षिक क्रियाकलापमा प्रयोग गर्न जोड दिनुभएको थियो । उहाँले महेन्द्र नमूना मा.वि. यस नगरको मात्र नभई जिल्लाकै अग्रणी विद्यालय भएकोले शैक्षिक नेतृत्व यस विद्यालयले लिनुपर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री कृष्णप्रसाद मरासिनीले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुलाई अनुशासित भएर अध्ययन गर्न र अभिभावकहरुलाई आफ्नो विद्यार्थीको बारेमा जानकारी लिन पटक पटक विद्यालयमा आउन अनुरोध समेत गर्नुभएको थियो ।
रेसुङ्गा नगरपालिका गुल्मीबाट निकासा भएको रु. ६ लाख पाँचहजार सातसय सैतीस र छात्रवृत्तिको रकम रु. १ लाख ८ हजार गरी कूल जम्मा रु. ७ लाख १३ हजार ७ सय ३७ रुपैंया वितरण गरेको जानकारी पनि सोही अवसरमा विद्यालयका प्रधानाध्यापकले गराउनु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी पन्थी अर्यालले गर्नुभएको थियो ।

ad


साथै कार्यक्रमको समापन पश्चात कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरु र तीनका अभिभावकहरुसंग सम्वन्धित विषय शिक्षक र विद्यालय प्रशासनले अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।