विपि स्मृति दिवसको अवसरमा सरसफाई कार्यक्रम

0 828

अजय खड्का
साउन ०६, गुल्मी ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले तम्घासमा सरसफाई कार्यक्रम गरेको छ । जननायक वी.पि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरको तम्घास लगाएत चिदिचौर खेल मैदान सरसफाई गरेको छ । चिदिचौर खेलमैदान सरसफाईका क्रममा क्रिकेट खेलाडिहरु पनि सहभागि भएका थिए ।


सरसफाई कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गुल्मी सभापति खिलध्वज पन्थीले समुन्नत समाज, देश बनाउने सन्दर्भमा वी.पि कोइरालाको योगदान सम्झदै भन्नुभयो–“नेपाली काँग्रेस मात्रै यो मुलुकको एउटा शक्ति हो जसले मात्र समाज रुपान्तरणको यात्रमा र समुन्नतीको यात्रामा काम गर्न सक्छ”

ad


वी.पि स्मृतिको अवसरमा जिल्लाको ९३ वटै वडामा रहेका नेपाली काँग्रेसका एक क्रियाशिल सदस्य बराबर एक विरुवा रोप्ने कार्यक्रम पनि रहेको सभापति पन्थी बताउनुभयो ।

साथै रेसुङ्गा नगरपालिकाको नगरप्रमुख समेत रहनुभएका पन्थीले सरसफाईमा हातेमालो गर्न आएका क्रिकेट खेलाडिहरुको अभ्यास गर्ने ठाउँ निर्माणको मागलाई सम्बोधन गर्नै प्रतिवद्धता गर्दै खेल क्षेत्र र त्यसको संरचनाको लागि झण्डै एक करोड रुपैयाँ खर्च गर्न लागिएको बताउनुभयो ।

सरसफाई कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेस सदस्य तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेसन प्रतिनिधी, नगर कमिटि, जनप्रतिनिधि लागाएतको उपस्थीति रहेका थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।