इस्मा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

0 153

७ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर १ को कुमारी आधारभूत विद्यालयमा शैक्षिक सामाग्र वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताहको पूर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल झोला र शैक्षिक सामाग्रीहरु प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताउनुभयो । कुमारी आधारभूत विद्यालयमा कुमाल समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् ।


कार्यक्रममा पेशागत महासंघ नेपाल पूर्व कोषाध्यक्ष छबिन्द्र बेल्वासेले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गर्नुभएको थियो । शैक्षिक सामाग्री प्रदान गर्दै वेल्वासेले रचनात्मक काम गरेर शहिदको उच्च सम्मान गरेको प्रति बताउनुभयो ।
उहाँले कुनै पनि दिवस मनाउने क्रममा समाजमा रचनात्मक तरिकाले मनाउदा सानो भएपनि उदाहरणिय काम हुने बताउनुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेश इन्चार्ज दधिराम मरासिनिले स्मृति दिवसको अबसरमा गरिएको सामाजिक कार्यको कार्यले शहिदहरु प्रति उच्च सम्मान हुने बताउनुभयो ।


विद्यालयमा पढने विद्यार्थीहरुको पठनपाठनका लागि सानो सहयोगले दैनिकी सहज होस भनेर मृति सप्ताहलाई रचनात्मक तरिकाले कार्यक्रम राखिए नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति उपाध्यक्षसावित्रा भण्डारीले बताउनुभयो ।
शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताहको पूर्व सन्ध्याको अबसरमा बिभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।