छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

0 167

अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
छत्रकोट गाउँपालिकामा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन् । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको प्रमाणपत्र जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण खत्री र जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई हस्तातरण गरेका थिए ।
घोषणा कार्यक्रममा स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रर्दशनसँगै सन्देश मूलक नृत्य गीत प्रस्तुत गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्था युक्त पालिका बनाउन ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई घोषणा गर्दै सिङ्गो पालिकालाई पनि घोषणा गर्न सफल भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यमसुन्दर पोखरेलले बताए ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने क्रममा जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये छत्रकोट गाउँपालिका तेस्रो स्थानमा परेको छ । यसअघि गुल्मीदरबार र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन् ।
पोषणमैत्री स्वास्थ्य संस्था युक्त घोषणा गर्ने कार्य नेपालमै पहिलोपटक गुल्मीदरबार गाउँपालिकाले घोषणा गरेको थियो । छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको फड्को प्रति कार्यक्रममा प्रशंसा समेत गरिएको थियो ।
घोषणा सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख खत्रीले पालिकालाई घोषणामा मात्रै सीमित नराख्न आग्रह गरे । उनले अब आजकै दिनदेखि घोषणा गर्ने अबसरसँगै चुनौती पनि थपिएको बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले पालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउनको निम्त स्वास्थ्य क्षेत्रका मापदण्ड पुरा गर्न सफल भएकोमा बधाई दिए । उनले अब पनि कुनैपनि बेला स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिने भएकाले यसलाई जोगाई राख्न अझबढि खटिनु पर्ने बताए ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नका निमित्त अहोरात्र खटिने स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरुलाई सम्मान समेत गरिएको थियो । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा खुटकिलो चढन सफल भएकोमा खुसी व्यक्त गरे ।
उनले अब यो घोषणालाई टिकाइ राख्न आजकै दिनमा सबै स्वास्थ्यकर्मी खटिनुपर्नेमा जोड दिए । सबै क्षेत्रको सहयोगले स्वास्थ्यमा एउटा फड्को मार्न सफल भएको बताए ।
उनले गाउँपालिकामा शिक्षा स्वास्थ्यलाई महत्वका राखेर बजेट र कार्यक्रमहरु गरिदै आएको बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।