म मरेको दिन

0 821

म मरेको दिन तुलासाको मठ नजिकै लास निकालिएला, समय नलम्ब्याउ भन्दै हरिया बाँस काटिएला, तब मेरा नाम लिन छोडिएला, शरीरलाई लास भनी बोलाइएला,अन्तिम पटक मुख हेर्छु भन्नेलाई शिरै नजिकको डोरी नबानी राखिएला हेर्छु भन्दा अनुहारका कपडा उघारिएला, आफन्तहरु सबै भेला होलान् ,अकालमा गयो भन्दै कुरा गरेका होलान्, मेरो बाबु भन्दै आमा छेवैमा छाती पिट्दै रोलिन, दिदिले भाइ भन्दै चिसिएको हात छोलिन, माया गर्नेहरूको आँखाभरी आँसु होलान्, फेसबुकभरी श्रद्धाञ्जली दिनेहरुको होलान, जब मेरो लास उठाइन्छ नलैजानु भन्दै आफ्नाहरुको पुकार होला, लास माथी फुल छरिएला अन्तिम पटक हो भन्दै लासमाथी अविर छरिएला, काद फेर्दै घाटसम्म पुर्याइएला केही मान्छे पहिल्यै घाटमा गई चिता तयार पारिएला, मलाइ चिता माथी सुताइएला, श्रद्धाञ्जली भन्दै अञ्जुली भरी पानी खुवाइएला, सायद त्यो दिन सबैले राम्रो मान्छे थियो भन्लान लासमा आगो लगाइएला,अस्तु पानीमा बगाइएला, त्यसपछी सबै घर जालान अनि समाप्त ।
लेखकः हेमन्त जिसी उनको घर गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदान पर्दछ । उन विद्यार्थी हुन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।