गुल्मीमा घर भत्किँदा ३ जना घाइते

0 169

 

गुल्मी । गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरमा मुक्त बहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

उनका अनुसार, बुधबार बिहान मुक्त बहादुर घर्तिको टिनले छाएको ढुङ्गा माटोले बनेको दुई तले कच्चि घरको पुर्व तर्फको भित्ता भत्किएको थियो । सोही क्रममा उक्त घरको पिडिमा बसेकी छोरी १२ वर्षीया करिस्मा घर्ती, छोरा ९ वर्षीय हिक्मत घर्ती र सोही ठाउँका वर्ष ९ को हिक्मत घर्ति र सोही ठाउँमा बस्ने छिमेकी १० वर्षीय अम्मर परियार घाइते भएका छन् ।

 

ad

घाइतेको टाउकोमा चोट लागेको छ । अवस्था सामान्य रहेको तिनै जना घाईतेलाई उपचारको लागी मदाने सामुदायिक स्वास्थ्य केन्द्र गुल्मीमा पुराइएको पाण्डेले लाइभ गुल्मीलाई बताए । घटनास्थल तर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।