उपचार रकम अभाव : जिवन रक्षार्थ सहयोग गर्न किसिकोटका मनबहादुर डालाको आग्रह

0 1,389

साउन १० गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका मनबहादुर डाला मगर आर्थिक अभावमा उपचार गर्नबाट बञ्चित भएका छन । विगत ४ महिना देखी घाटीको क्यान्सर रोगले ग्रसित भएकाले हाल उहाँले “बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल” भरतपुर चितवनमा उपचार गराई रहनुभएको छ ।

हालसम्म अस्पतालमा उपचारका क्रममा झण्डै ५ लाख भन्दा बढी खर्च भएको भएको उहाँको परिवारले बताएको छ । पारिवारिक अवस्था निकै कम्जोर भएको र उपचारमा थप रकम लाग्ने भएकाले आफुसंग उपचार गर्न पैशा अभाव भएकाले श्रीमानको जिवन रक्षाका लागी उहाँकी श्रीमती भुमाकली डाला मगरले आग्रह गर्नुभएको छ ।

परिवारका सदस्यको कुनै आम्दानी नभएको र आफुसंग भएको सबै पैसा सकिएकाले अब सहयोगको याचना गर्नु बाहेक कुनै उपाय भएको उहाँको भनाई छ । परिवारमा ७ जना छोरीमात्र छन पहिले त श्रीमानले नै मेलापात गरेर परिवारको गुजरा चलाए पनि अब मुली मान्छे नै बिरामी परेर बिस्तारमा लडे पछि सबै आश सकिएको बताउनुभयो । सहयोग माग्न मन नभए पनि आफुसंग कुनै उपाय नभएपछि माग्नुको विकल्प नभएको उहाँको भनाई छ । बिरामी मनबहादुर डालाले पनि सहयोग गरी आफ्नो जिवन रक्षा गरिदिन सबैसंग आग्रह गर्नुहुन्छ ।
सहयोगका लागी उहाँकी श्रीमती भुमाकली डाला मगरको सम्पर्क नम्बर ९८४९५३१२३८ सम्पर्क गर्न वा नेपाल बैंक लिमिटेड, शान्तिपुर शाखा, गुल्मीमा रहेको मनबहादुर डाला मगरको बैंक खाता नम्बर २३५११३०७४०३५२२०००००१ मा सहयोग गर्न सकिने छ । उहाँको उपचार रकम जोहो गर्नका लागी स्थानिय लिलु बोहरा र पत्रकार महेश बोहराले अभियान चलाउनुभएको छ । उक्त अभियानमा देश बिदेशमा रहनुहुने नेपालीहरुबाट केही रकम संकल्न हुन सुरु गरेको लिलु बोहराले जानकारी दिनुभयो । उहाँले सबैले सहयोग उहाँको जिवन रक्षा गर्न पनि आग्रह गर्नुभएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।