तम्घास खाम्सेपानी सडक ७ पटकसम्म म्याद थप्दा समेत निर्माण हुन सकेन

0 167

अनिल खत्री साउन १२, गुल्मी
गुल्मी जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत निर्माण हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास– खाम्सेपानी– नयाँगाउ– नादी– सूर्यटारी सडकको झण्डै ३ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य ८ वर्षदेखि अलपत्र हुँदै आएको छ । निर्मार्ण व्यवसायिले पटक–पटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन् । निर्माण व्यवसायिले समयमै काम नसक्दा नागरिकले सास्ती खेप्दै आएका छन् ।
सडकको २०७१ साल असार ३१ गते ०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर निर्माण व्यवसायिले समयै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको हो । सदरमुकाम बजारसँग जोडिएको खण्ड वर्षैदेखि अलपत्र हुँदा नागरिक आक्रोसित हुन थालेका छन् ।
सडक सुरुमा पाल्पा सडक डिभिजन सडक कार्यालय हुँदै, तम्घास – सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार कार्यालय सिवपूर कपिलवस्तुहुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेदै आएको छ । सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । कार्यालयले पटकपटक ताकेता गर्दा निर्माण व्यवसायिले काम गर्छु भन्ने तर काम नभएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचित्तानन्द चौधरीले बताउनुभयो ।
सडकको केहि ठाउँमा नाली, बेस निर्माण र कालो पत्रे काम बाँकी रहेको कार्यालयले जनाएको छ । निर्माण व्यवसायिले अब अन्तिम पटक २०८० साल असारसम्मको म्याद थियो । सडकको तम्घासदेखि खाम्से पानी सम्म साढे दुई किलोमिटर डिभिएस्टी कलोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो । साढे दुई किलोमिटर भन्दा बाँकी ३ किलोमिटर खण्डमा २ वर्ष अघि नै कालोपत्रे भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।