सफल युवा क्लबद्धारा मुसिकोट दरबारकोटमा सरसफाई

0 260

साउन १२ गुल्मी
सफल युवा क्लबले मुसिकोट दरबारकोटमा सरसफाई गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ मा रहेको दरबारकोटमा सरसफाई गरेको हो ।
खड्का देवी मन्दिर वरपर स्वच्छ, सफा राख्ने उदेश्यले क्लबले सरसफाई कार्यक्रम गरेको क्लबका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए । मुसिकोट नगरपालिका भित्र पर्ने यो मन्दिर नगरपालिकाको धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण भएको हुँदा यसको संरक्षण र सफा राख्नु हामी सबैको कर्तत्य भएको हुँदा सरसफाई कार्यक्रम गरिएको न्यौपानेको भनाई छ ।
मन्दिर वरपर वर्षात समयमा झाँरपात गोड्ने, बोटविरुवाहरु काट्छाट् गर्ने, बस्ने ठाउँमा सफा गर्ने लगायतका काम गरिएको क्लबले जनाएको छ । सफल युवा क्लब मुसिकोट नगरपालिकामा दर्ता भई छोटो समयमा समाजमा समाजिक क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष न्यौपानेको भनाई छ ।
कार्यक्रममा पृथ्वी माध्यामिक विद्यालयका शिक्षक तथा क्लबका सल्लाकार बोम बहादुर छन्तेल, समाजसेवी तथा सल्लाकार महेन्द्र घिमिरे, क्लबका सदस्यहरु र जनसहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
युवाहरुका समस्याहरुलाई सम्बन्धीत निकाय सम्म पुयाउने र निकास खोज्ने, हाम्रो प्रमुख काम रहेको क्लबका अध्यक्ष न्यौपानेले बताए ।
साथै सामाजिक क्षेत्रमा पनि यसै गरी सधै क्रियाशिल हुने न्यौपानेको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।