चन्द्रकोट गाउँपालिकामा चियाका बिरुवा रोपण

0 1,538

महेश बोहरा, साउन १३ गुल्मी ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघास्थित झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समितिले शुक्रबार चियाका बिरुवा रोपण गरेको छ । गाउँपालिकाको बिरुवा व्यवस्थापनमा करिब ५ सय भन्दा बढी चियाका बिरुवा रोपिएको हो । झुलेनी पर्यटन क्षेत्रमा सौन्दर्यीकरण अभिवृद्धि गरि आन्तरीक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले चियाका बिरुवा रोपण गरिएको हो । समुन्दी सतह देखि करिब १४ सय मिटर अग्लो स्थानमा चियाको सम्भावता अध्ययनका लागी समेत सहयोग पुग्ने छ ।

गाउँपालिकामै चियाको पाईलट प्रोजेक्टका रूपमा यस क्षेत्रमा करिब ५ सयभन्दा बढी चियाका बिरुवा रोपिएको हो । गाउँपालिका अध्यक्ष युवराज केसीले चिया तथा कफि विकास बोर्डको सुझाव बमोजिम उचाइमा हुने अर्थोडक्स प्रजातिको चियाका बिरुवा रोपिएको बताउनुभयो । उहाँले प्राविधिकले भने अनुसार परिक्षणका लागी चियाका बिरुवा रोपण गरी राम्रो भएका थप क्षेत्रमा बिस्तार गरिने बताउनुभयो । उहाँका अनुसार व्यवसायिक तथा सौन्दर्य वृद्धि हुनाले यो नविनतम कार्यको सुरुवात गरिएको बताउनुभयो ।

ad


लोभ हुदै गएको श्रमदानमा स्थानियहरुको उत्साहजनक उपस्थितिले तथा क्रियाशीलताले खुसि बनाएको बताउनुभयो । बिरुवा रोपेरा मात्र नहुने र त्यसको संरक्षण तथा हेरचाह गर्न पनि आवश्यक रहेकोले निरन्तर रुपमा गाउँपालिकाले साथ दिने र स्थानीयले पनि संरक्षणमा हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले गाउँपालिकाभित्रका बाँझो जग्गा जमिनमा यस्तै खाले कार्य गरेको खण्डमा सम्बृद्ध चन्द्रकोट निमार्ण गर्न सकिने बताउनुभयो । नविनतम कार्यमा उत्साहजनक उपस्थियिको लागि धन्याबाद दिदै आगामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने र यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष पृर्थबहादुर कार्कीले चिया सौन्दर्यको लागि मात्र नभएर आगामी दिनमा आय आर्जनको मुख्य श्रोत हुनेमा आशा राखेको बताउनुभयो ।


झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समिति अध्यक्ष लिल बहादुर रानाको अध्यक्षयतामा संचालित कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको प्रमुख आथित्यता रहेको थियो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, वडा नम्बर ५ का वडाध्यक्ष पृथबहादुर कार्की, कालिगण्डकी चन्द्रकोट सब डिभिजन बन कार्यालयका रेन्जर बाबुराम न्यौपाने, निवर्तमान वडाध्यक्ष्यहरु, वडा सदस्यहरु, सुरक्षाकर्मीहरू तथा स्थानीय बासिन्दाहरूको सहभागितामा झुलेनी पर्यटन क्षेत्र चियाका बिरुवा रोपण गरिएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।