रोटरी क्लब अफ गुल्मीद्धारा रेसुङ्गा गर्जुरा क्षेत्रमा वृक्षारोपण

0 72

सूर्य सुनार साउन १३, गुल्मी ।  रोटरी क्लब अफ गुल्मीले रेसुङ्गा गर्जुरा क्षेत्रमा वृक्षारोपण गरेको छ । शनिबार क्लबले एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा धुपि सल्लो, पारिजात, कपुर, कल्की, अम्बा, अमला लगायतका बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृता देवी कुँवरले रेसुङ्गा नगरपालिकाले पर्यटकीय क्षेत्रमा विकास गर्न लागि परेको बताइन् । जाउँ हिड रेसुङ्गा अभियान नगरपालिकाले सुरु गरेर रेसुङ्गा क्षेत्रको प्रचारप्रसार देखी नगरभित्रका पर्यटकीय ठाउँलाई विकास गर्दै नगरपालिका अघि बढिरहेको उनको भनाई छ । वृक्षारोपण कार्यक्रमले नगरलाई सफा, स्वाच्छ राख्न मदत पुग्ने हुँदा रोटरी क्लबले गरेको काम उदारणीय भएको बताइन् ।

ad

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मानव जीवनसँग वोट विरुवाको सम्बन्ध रहेकाले वातावरणिय सन्तुलनका लागि पनि वृक्षरोपण आवश्यक रहेको बताए । साथै वृक्षारोपण गर्नु मात्र ठूलो कुरा नभई यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।

रोटरी क्लब अफ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले पार्कमा पुग्नेहरु फलफूलका विरुवाहरुसँग रमाउन भन्ने उदेश्यले वृक्षारोपण गरिएको बताए । रेसुङ्गा क्षेत्रलाई सफा, सुन्दर राख्ने नगरपालिकाको अभियानमा रोटरी क्लब सधै साथमा रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न संघ सस्था प्रमुख , सिद्धबाबा माध्यामिक विद्यालयका विद्यार्थी, पत्रकार, समाजसेवी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।