गुल्मीमा एक पुरुष मृत फेला

0 80

साउन १४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नं–७ स्थित बसेरीमा एक व्यक्तिको शव फेला परेको छ । बागलुङको गलकोट नगरपालिका वडा नं – ३ का प्रेमलाल दर्जीको शव वामी अर्लाङकोट सडकखण्डबाट झण्डै ५० मिटर तल फेला परेको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सइ लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो । दर्जी विगत १ हप्तादेखि बेपत्ता भएका थिए भने उनको खोजी कार्य चलिरहेको थियो । घाँस काट्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका ईन्सपेक्टर किरण सापकोटा नेतृत्वको टोली पुगी मुचुल्का गर्ने काम गरिरहेको बताईएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।