गुल्मी करिव ५ सय रोपनी जग्गामा चक्लाबन्दी खेती शुरु

0 70

अनिल खत्री साउन १४, गुल्मी
गुल्मीमा वषौंदेखि बाझिँदै गएको जग्गामा चक्लाबन्दी खेती शुरु गरिएको छ । चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने अपेक्षा गरिएको छ ।

गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ५४८ रोपनी बाँझो जग्गामा समुह सहकारी मार्फत चक्लाबन्दी मार्फत व्यवसायिक रुपमा कफी, सुन्तला, कागती लगायत खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना कार्यालयको सहयोगमा धुर्कोट २ पिपलधारामा सुभसन्देश उपभोत्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेतीे, मदाने गाउँपालिका ६ पुर्कोटदहमा कंकेदेउराली बिउँ उत्पादन समूहका २३ जनाले ६८ रोपनी बाँझो जग्गामा सुन्तला खेती सुरु गरेका छन् । त्यस्तै सत्यवती गाउँपालिका वडा नम्वर४ को लिम्घामा सत्यवती कृषक समूहका ९ जनाले १०० रोपनीमा कागती खेती शुरु गरिएको छ । कालीगण्डकी गाउँपालिका ३ मा हिमालयन कृषि तथा पशुपन्छी फर्मले २०० रोपनी जग्गामा कफी खेती र रेसुङगा नगरपालिका ४ मा १ सय ३० रोपनीमा कागती सुन्तला खेती गरिएको छ ।

कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपियाँ उपलध गराइने छ । ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने छ । जसमा स्थानीय तहको पनि लगानी रहने छ ।

ad

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरु लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरु रोपण गरिएको छ । कलमी सुन्तलाका बिरुवाहरुले करिव तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने र कफीका बिरुवाहरुले पाँच वर्षमा उत्पादन दिन सुरु गर्छ । गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा पाँच वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । गतवर्षको चक्लाबन्दीमा यस वर्ष साना सिंचाइमा कार्यालयले सहयोग गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।