बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आवेदन फाराम खुल्ला

0 70

कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को मनोनयन आवेदन फराम खुल्ला गरीयको छ । पर्व गीत अन्तरगत तिज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागीयको कुरा बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आयोजक समिती संयोजक कमला बि.शी ले जानकारी दिनु भयो । फाराम साउन महिनाको अन्तिम सम्म खुल्ला रहनेछ भने भाद्र महिनाको पहिलो साता उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने छ ।

अवार्डको फाईनल कार्यक्रम असोजको पहिलो साता काठमाण्डौंमा एक भब्य समारोहका बिच हुनेछ । मौलिक तिज संस्कृतीको संरक्षण अनि सम्बद्धन गर्ने उदेश्यले आयोजना गरीयको बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० लाई सफल बनाउन ७ सदस्यि जुरी निर्णायक समिती समेत गठन गरीयको कुरा आयोजक संस्था बिशाल मुभिज प्रा।लि।का अध्यक्ष गायक,सर्जक हुम गैरेले जानकारी गराए । अवाडर्को फाईनल कार्यक्रममा तिज गीत संस्कृती संग सम्बन्धीत करिब एक दर्जन स्रष्टा,सर्जक,गायक,गायिकाहरुलाई सम्मान समेत प्रदान गरीने कुरा आयोजक समितीका उपाध्यक्ष धिरज खत्रीले बताए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।