गुल्मीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

0 147

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ जनाको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ad

मृतकको शव घाँस काट्न गएका स्थानीय महिलाहरु मिलेर घरमा ल्याई राखिएको बुझिएको छ । घटना सम्बन्धी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कर्याालय गुल्मीले जनाएको छ । यो घटना बिहिबार बिहान ९ बजे घटेको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।