गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला

0 214

गुल्मी । गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ का नन्दे बिक बिहिबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कर्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

मालिका गाउँपालिकाको वडा नम्बर ३ ह्वाङ्दीका बिक आफन्तसँग भेटघाटको लागि बुधबार वडा नम्बर २ दर्लिङ गएका थिए । उनी सोही दिन साँझ घर फर्किनको लागि आफन्तको घरबाट फर्केपनि आफ्नो घर नआएपछि उनको खोजी कार्य अगाडि बढेको थियो ।

बिहिबार दिउँसो स्थानीय पासे खोलास्थित कच्ची मोटरबाटोबाट अनुमानित तीन सय मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक बिकको शरिरमा चोटपटक लागेको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कर्यालय गुल्मीबाट प्रहरी निरिक्षक रविन्द्र कुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको छ ।

ad

मृतक बिकका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । उनका चार छोराछोरी नै अहिले साथमा थिएनन् । मृतक बिकको शव स्थानीयले खोजी कार्य गर्दा फेला परेको थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।