पत्रकार कृष्णअञ्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति – प्रेस चौतारी गुल्मी

0 1,224

सूर्य सुनार साउन २०, गुल्मी । गुल्मीका पत्रकार कृष्णा ज्ञवाली –अन्जान) को असमायिक निधन प्रति प्रेस चौतारी नेपाल गुल्मीले शोक व्यक्त गरेको छ । ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साउन १९ गते ५५ बर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।

प्रेस चौतारी गुल्मीका अध्यक्ष अनिल खत्री र सचिब अजय खड्काले शनिबार शोक विज्ञप्ति जारी गर्दै अकल्पनीय निधनले पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को दुखद निधनले सबैलाइ मर्माहित बनाएको जनाएका छन् । अध्यक्ष अनिल खत्रीले हस्ताक्षर गरेको शोक वक्तप्यमा भनिएको छ “कृष्णअन्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति पुगेको र स्वर्गीय अन्जानप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दछौँ ।

ad

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका साधारण सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका १ निवासी कृष्ण ज्ञवाली (अन्जान) ले जिल्लाको ग्रामिण भेगमा रहेर पनि सक्रिय रुपमा विभिन्न संचार माध्यमबाट सुशासन र सामाजिक रुपान्तरणका लागि सधै सक्रिय रहदै आउनुभएको योगदान कहिलै बिर्सिन नसकिने शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

विगत लामो समय देखी पत्रकारिता गर्नुभएका ज्ञवालीको निधनले हामी र हाम्रो संस्थालाई अपुरणीय क्षति पुगेको बताउँदै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मी, पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवाली, नेकपा एमाले नेता तथा जिल्लाका पत्रकारहरुले उनको निधनमा दुःख व्यक्त गरेका छन् । उनी प्रेस चौतारी लुम्बिनी प्रदेशका सदस्य थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।