गुल्मीमा रगतको अभाव हुन् नदिने दाबी

0 128

प्रेम सुनार साउन २८, गुल्मी
गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अबस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।
आईतबार नेपाल प्रहरीको श्रीमती संघ ३९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा सो संस्थाले यस्तो बताएको हो । प्रहरीको रक्तदान कार्यक्रममा सहयोगी भुमिका खेलेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीका अध्यक्ष नवराज मरासिनीले आबश्य पर्ने ब्यक्तिलाई कुनै पनि बेला रगत उपलब्ध गराउन सक्षम रहेको बताए ।
जिल्लामा नेपाल रेडक्रश सोईटीले पनि पहिलै देखि रगत उपलब्ध गराउने पहल गर्दै आएको छ । सो संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद श्रष्ठले चौबिसै घण्टा उपलब्ध गराउनु पर्ने रगत संस्थाको सिमिति श्रोत साधनका कारण कतिपय अबस्थामा समस्या आउँदा यहाँको नेपाली, सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गदै आएको बताउनु भयो ।

कार्यक्रममा प्रहरी निरीक्षक निराजन घिमिरे, किरण सापकोटा र प्रहरी सहायक निरिक्षक याम बहादुर राना सहित १९ जना प्रहरीले रक्तदात गरेका थिए । प्रहरी सहायक निरिक्षक रानाले यो सहित १४ पटक रक्तदान गरेको बताए । रक्तदान गर्ने सबैलाई कार्यक्रमका अथितिहरुको हातबाट सम्मान पत्र हस्तान्तरण गराइएको थियो । त्यस्तै रक्तदान कार्यक्रमलाई सहयोग गर्ने सहित नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीका अध्यक्ष नवराज मरासिनी र केन्द्रिय सदस्य ध्रर्व पाण्डे, गुल्मी अस्पातालका ल्याब टेक्निसियन द्धय लक्ष्मण पन्थी र मनिषा अर्याललाई जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानले सम्मान गर्नुभएको थियो । उहाँले नेपाल प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षाका अलवा बिपद्धमा परेका नागरिकहरुको उद्धारका क्षेत्रमा स्वंयसेवीको भूमिका निभाउदै आएको र नेपाल प्रहरीको श्रीमती संघले पनि सोही कार्य गदै आएको बताउनुभयो ।

श्रीमती संघको स्थापना दिवसको अवसरमा गुल्मी प्रहरीले उनायचौरको पर्यटकीय क्षेत्रमा शौन्दयकरण गर्ने रङ्गिन फुलका बिरुवा समेत रोपण गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभावपति राजेन्द्र प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिब प्रेम सुनार लगायतको आथित्यता रहेको थियो । प्रहरी प्रमुख प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी सहायक निरिक्षक अर्जुन न्यौपानेको संचालन रहेको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।