गुल्मीमा कार्यालय प्रमुख फेरिए , फेरिएन वेभ साइडमा प्रमुखको नाम

0 75

साउन २८ गुल्मी
गुल्मीको सडक पूर्वाधार बिकास कार्यालयमा दुई वटा कार्यालय प्रमुख फेरिदा पनि वेभ साइडमा भने कार्यालय प्रमुखको नाम अझै फेरिन सकेको छैन ।
२०७८ असोजमा सरुवा भएर रुपन्देही जानुभएका तत्कालिन कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुन मगर सरुवा भएर गएको दुई वर्षसम्म पनि कार्यालयको वेभ साइडमा प्रमुख गोपीराज पुन मगर नै रहेको पाइएको छ ।


पुन मगर सरुवा भएर गएपश्चात तत्कालिन इन्जिनियर सागर मरासिनीले निमित्तको रुपमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । त्यस पश्चात २०७९ असोजमा उनको पनि रुपन्देहीमा सरुवा भयो । मरासिनीको सरुवा पश्चात तत्कालै कार्यालय प्रमुखको रुपमा सचितानन्द चौधरी आए । चौधरी आएको करिव एक वर्ष हुनै लाग्दा समेत कार्यालयको वेभ साइडमा कार्यालय प्रमुखको नाम गोपीराज पुन नै रहेको पाइएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।