गुल्मीमा वार्षिक प्रगती समिक्षाः बाँदर आँतका नियन्त्रण गर्न जोड्

0 221

सूर्य सुनार साउन २९, गुल्मी
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा वार्षिक प्रगती समिक्षा बैठक सुरु भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।
आर्थिक बर्ष २०७९÷ ०८० को बार्षिक प्रगतीको बारेमा जिल्ला समन्वय समितिको सभाहलमा जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको समिक्षा गरिएको हो । प्रगति प्रतिवेदन जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले प्रस्तुत गरेका थिए ।
जिल्लाका १२ वटै स्थानीय तहले गरेका कामको बारेमा जानकारी गराएका थिए । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, खानेपानी, सडक कृषि, पर्यटन लगायतका विषयमा काम गरेको बताएका थिए ।
पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले सभा र समिक्षाको बिषयमा जानकारी दिएका थिए ।
स्थानीय तहको प्रगती प्रतिवेदनका बिषयमा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले टिप्पणी गरेका थिए । कयिपय स्थानीय सरकारले बजेट हुदाँ हुदै पनि काम नगरेको उनको आरोप थियो ।
जनताको नजिकको सरकार भनेको स्थानीय तह भएकाले जनताको समस्यालाई समाधान गर्नुपर्ने बताए । कुनै पनि राजनिति दलको भनेर जनतालाई विकास पाउँन बाट कसैले पनि बच्चित गर्न नहुने आग्रह गरे ।
किसानलाई जंङली जनावरले धेरै नै दुख दिएको भन्दै बाँदर, बदेल र दुम्सीलाई बिदेशमा निर्यात गर्ने या मार्ने कानुन निर्माण गर्नुपर्ने भुसालको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।