गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु

0 161

अनिल खत्री
३० साउन, गुल्मी । गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ का २१ वर्षका शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।
सोमबार बेलुका साथिहरुसंग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोकी घाइते हुनुभएको थियो । राति अरिङ्गागालले टोकेर घाइते ठकुरी रातभर घरमा आएर सुतेको प्रहरीले जनाएको छ ।
मंगलवार बिहान मात्रै घरमा रहेका आमा र दाइत गुल्मी अस्पतालमा उपचारमा ल्याएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको डिएसपी पाण्डेले बताउनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।