गुल्मीमा २३ वटा कार्यालयको वार्षिक प्रगति समिक्षा गरियो

0 74

अनिल खत्री
३१ साउन, गुल्मी । गुल्मी जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा गरिएको छ । दुई दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा गरिएको वार्षिक प्रगति समिक्षा र आगामी दिनमा कार्यालयहरुले गर्न लागेका कार्यक्रमहरुको बारेमा छलफल गरिएको हो ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा गुल्मी क्षेत्रनम्बर २ का संसद गोकर्ण बिष्ट, प्रदेश संसद डिल्लीराज भुसाल, विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुका प्रमुख लगायत सरोकारवालाहरुको सहभागितामा वार्षिक प्रगति समिक्षा गरिएको हो । विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको वार्षिक प्रगति समिक्षाले आगामी दिनहरुमा गरिने कार्यक्रमलाई थप सुझावहरु पनि आउने भएकाले प्रगति समिक्षा गरिएको जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले बताए ।

कार्यालयहरुको वार्षिक समिक्षा गर्दा विकास निर्माणको क्षेत्रमा कुन तहमा छौ भन्ने अवस्थाका जानकारी समेत कार्यक्रमले दिने गरेको खत्रीले बताए । जिल्लाका ११ वटा विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र १२ वटा स्थानीय तहहरुले आर्थिक वर्ष ०७९÷८० का वार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकासको क्षेत्रमा भएका प्रगतीहरु प्रस्तुत गरेका थिए । बन्यजन्तुले खेती किसानीलाई पारेको मर्काका कारण धेरै उब्जाउ योग्य जमिन छोडेर बसाइँसराइ गर्नेहर बढ्दै गएको समस्याहरु पनि प्रस्तुत गरिएको थियो ।

विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु विभिन्न विकास निर्माणका कामहरुको पछिल्लो प्रगति र काम गर्ने क्रममा केहि रोकिएका आयोजनाहरुको बारेमा समेत जानकारी गराएका थिए । कार्यालयहरुले आगामी आर्थिक वर्ष ०८०÷०८१ सालमा गरिने कार्यक्रहरुको प्रतस्तुति करण समेत गरिएको थियो ।
प्रगति समिक्षा कार्यक्रममा सहभागिहरुले विकास निर्माणका कामहरु तोकिएकै समयमा काम पुरा नभएको प्रति नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे गुनासो गरे । विभिन्न विकास निर्माणका आयोजनाहरु तोकिएको समयमा काम पुरा हुननसक्दा नागरिकले धेरै दुखः भोग्नु परेको सहभागिहरुको भनाइ थियो ।

ad

कार्यक्रममा ससद गोकर्ण बिष्टले अधिकत्तम बजेट ल्याएर नागरिकका समस्या समाधानमा सबै जुटनु पर्नेमा जोड दिए । कुनैपनि आयोजनाहरु निर्माण व्यवसायिले तोकिएकै समयमा काम पुरा गर्नुपर्नेमा जोड दिए ।
उनले प्रगति समिक्षा कार्यक्रममा प्रस्तुत सुझावले आगामी दिनहरुमा विकास विर्माणको क्षेत्रमा काम गर्न थप प्रभावकारी बनाउन सहयोगी भूमिका रहने बताए । त्यस्तै प्रदेश संसद डिल्लीराज भुसालले कतिपय स्थानीय सरकारले बजेट हुदाँहुदै पनि काम नगरेको उनको आरोप थियो ।
जनताको नजिकको सरकार भनेको स्थानीय तह भएकाले जनताको समस्यालाई समाधान गर्नुपर्ने बताए । कुनै पनि राजनिति दलको भनेर जनतालाई विकास पाउँन बाट कसैले पनि बच्चित गर्न नहुने आग्रह गरे ।
किसानलाई जंगली जनावरले धेरै नै दुखः दिएको भन्दै बाँदर, बदेल र दुम्सीलाई बिदेशमा निर्यात गर्ने या मार्ने कानुन निर्माण गर्नुपर्ने भुसालको भनाई छ । जिल्ला मसन्वय समिति गुल्मीले विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुसँग अर्धवार्षिक र वार्षिक प्रगति समिक्षा गर्ने गर्दछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।