माओवादी केन्द्र गुल्मीको संयोजकमा केसी

0 824

नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् ।

साउन ३० गते दाङको देउखुरीमा बसेको । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनी सहित ४ जनालाई संयोजक तोकेको हो । यस भन्दा पहिले नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा बुद्धि जिसी थिए । उनी प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएर जिल्ला बाहिर बस्नु पर्ने भएपछि केसीलाई संयोजक तोकिएको हो । उनले जिम्मेवारी तोकिएर आए पछि संगठनलाई थप सुदृढीकरण गर्ने बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।