जसपा गुल्मीका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

0 149

भदौ ६,२०८० गुल्मीः जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी  केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्र गुल्मीको पूर्ण बैठकमा जिल्लाका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे र उपाध्यक्ष पदम खत्री (श्याम) लाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महराले पार्टीमा स्वागत गरेका हुन् ।

केही दिन अगाडी नेकपा एमाले चन्द्रकोट गाउँपालिका सहइन्चार्ज तथा जिल्ला सदस्य बाबुराम बोहोराले (विपिन) एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

ad

पार्टीमा स्वागत गर्दै महराले माओवादी  केन्द्र सबैको आशा र भरोसाको पार्टी भएकोले सबै नेता तथा कार्यकर्ता जनताको घरघरमा गई समस्या बुँझन र समस्या समाधान गर्दै पार्टीमा गोलवद्ध हुन आग्रह गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।