रेसुङ्गा १० मा दुई वर्षदेखि पानी टंकी अलपत्र

0 377

८ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मा करिब २ वर्षदेखि पानी टंकी अलपत्र परेका छन् । वडानम्बर ११ मा स्थानीयलाई वितरणका ल्याइएका खानेपानीका टंकी माग भन्दा धेरै आएपछि २ वर्षदेखि अलपत्र परेका हुन् ।

रेसुङ्गा नगरपालिका वडानम्बर १० को वडा कार्यालय परिसरमा राखिएका ४३ वटा पानी टंकी अहिले बेवारिसे अबस्थामा छन् । केहि टंकी राखेको ठाउँबाट हराइसकेको रेसुङ्गा नगरपालिका वडानम्बर ११ का वडाअध्यक्ष खुमबहादुर रानाले बताए ।

५ सय लिटरमा पानी टंकी ४ हजार ५० रुपैयाँका दरले खरिद गरिएको थियो । वडाको माग अनुसार आएका टंकी वितरण गरिसकेको वडाअध्यक्ष रानाले बताए ।
अहिले वडा कार्यालयलमा बाँकी रहेका टंकीको भूक्तानी पनि नभएकाले फिर्ता गर्ने वा नगरपालिकाले प्रयोगमा ल्याउने भन्ने बारेमा नगरपालिकामा छलफल गरिने वडाअध्यक्ष रानाले बताए । तर रेसुङ्गा नगरपालिका वडानम्बर १० का वडाअध्यक्ष रामबहादुर बस्नेतले उपभोक्ता समितिले हिसाब नबुझाएकाले वितरण गर्न रोकिएको बताए ।

ad

पूर्व जनप्रतिनिधिले वडानम्बर ११ का हुन भन्ने र कम्पनीबाट धेरै आएको भन्ने हिसाब पनि नबुझाएकाले वितरण कार्यमा समस्या भएको बस्नेतले बताए । त्यस समयमा रेसुङ्गा नगरपालिका वडानम्बर १० ले ०७८÷०७९ सालमा २५५ घरपरिवारलाई पानी टंकी वितरण गरेको थियो ।


त्यस्तै वडानम्बर ११ ले पनि पानी टंकी वितरण गरेको थियो । कृषि तथा पशुपालन अन्र्तगत महिला लक्षित ,दलित लक्षित कार्यक्रम अनुसार पानी टंकी वितरण गरिएको हो ।
नियमित आइरहेको पानी कहिलेकाही बिग्रिए पछि बन्द हुने हुदाँ नागरिकहरुलाई सहजहोस भनी पानी टंकी वितरण गर्ने योजना राखिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।