दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान बन्द

0 103

अनिल खत्री ८ भदौ, गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुन सकेको छैन् ।
पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैनन् ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।
तर उडान गर्ने बिहानी समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताउनुभयो । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम खराब कारण उडान गर्न समस्या हुँदै आएको उहाँको भनाइ छ ।
रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राधिकको निष्कर्ष रहेको छ । दिउसको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पटि विमानस्थल पुग्न सकिन्छ ।
०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गरेका गर्नुभएको थियो । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।
रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।