गुल्मीदरबारमा स्वास्थ्य संस्थाको प्रगति समिक्षा

0 171

अनिल खत्री भदौ १०, गुल्मी
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको प्रगती समिक्षा गरिएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका कार्यक्रमहरुको प्रगति समिक्षा गरिएको हो ।
गुल्मी दरबार गाउँपालिकामा भएको कार्यक्रममा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाको प्रगति समिक्षा गरिएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र अन्य सातवटा स्वास्थ्य संस्थाहरुको संस्था प्रमुखहरुले प्रगति प्रस्तुत गर्नुभएको थियो ।

समग्र गाउँपालिकाले यसअघि प्रगति समिक्षा गरिएको थियो । पालिका पछि स्वास्थ्य संस्थाहरुले गरेका कार्यहरुको पनि प्रगति समिक्षा गरिएको हो । प्रगति समिक्षा कार्यक्रममा केहि स्वास्थ्य संस्थाका प्रमुखहरुले प्रगतिसँगै समस्याहरु पनि राख्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सम्बन्धी सन्देशमूलक गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य स्ंवयसेविकाहरुलाई प्राथमिक उपचारका लागि किट बक्स समेत प्रदान गरिएको थियो । पालिकाले पूर्वाधारको क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । केहि महिना अघि पालिका नेपालमै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपलिका घोषणा गरिएको छ । पालिकामा १५ शैयाको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।