पाल्पा घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

0 409

 

पाल्पा तानसेन भदौ १३ । पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए।

तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा सहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कारपियो गाडी पुरिदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो।

ad

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७ की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवलदार अन्दाजी बर्ष ३२ का यम बहादुर बोहोरा र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सीना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

मृतक तिम्सीनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिचान गरिएको डिएसी थापाले बताए। ढुङ्गा सहिताको सुख्खा पहिरोले स्कारपियोको पछाडीको भाग क्षत विक्षत भएको छ मृतकहरु समेत पुर्ण रुपमा किचिएका थिए।

तम्घास बाट बुटवल तर्फ जादै गरेको जिप विहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको चालक सकुसल रहेको सूचना अधिकारी थापाले बताए।

घाइते मध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटना स्थल पहिरो स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजे देखी विहान ४ बजे सम्म सडक बन्द गरी स्तरउन्नती गर्दै आएको थियो । समयचक्रबाट

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।