गुल्मीमा १६ औँ पुस्तकालय दिवस मनाइयो

0 208

सूर्य सुनार भदौ १५, गुल्मी
गुल्मीमा १६ औँ पुस्तकालय दिवस मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाइएको हो ।
शुक्रबार किरण पुस्तकालयले १६ औँ पुस्तकालय दिवस मनाउँदै पुस्तकालयको महत्व बारे प्रष्ट पारेको हो । पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाएको किरण पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष शशि पन्थीले जानकारी दिए । पुस्तकालयको महत्व धेरै रहेको बताउँदै पुस्तकले नै मानिसलाई ज्ञान दिएको उनको भनाई छ । सभ्य समाज निर्माण गर्न पनि शिक्षाको ठूलो महत्व रहेको प्रष्ट पारे ।


कार्यक्रमका प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले व्यक्ति सुसूचित र जिम्मेवार नागरिक बनाइराख्न पुस्तकको ज्ञानको महत्व ठूलो हुने बताए ।
प्राचीनकालदेखि नै पुस्तकको महत्वबोध भएर नै ज्ञानका कुरा र विभिन्न सूचना सामग्री लेखेर–छापेर पुस्तकका रूपमा संग्रहित गरी राख्न थालिएको उनको भनाई छ ।

किरण पुस्तकालय व्यवस्थापन समितिका उपाध्यक्ष दीन पन्थीले पुस्तकालयलाई विद्याको सागरको रूपमा लिनुपर्ने बताए । जसलाई जति व्यवस्थित रूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मद्दत पुग्छ । त्यसैले पुस्तकहरु पढ्ने बानीको विकास गर्नु आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा शिक्षा पे्रमी, विद्यार्थी, समाजसेवी तथा पत्रकारको उपस्थित रहेको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।